खै त ? सहिद गेट

०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....

धादिङबेसी सफा होला त ?

एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...

सडक हिफाजत कि मुन्द्रे हिफाजत

सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।

बर्खा लाग्यो होसियार

नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।

गाउँले बालबालिकाको प्यारो खेल

गट्टा खेलको अस्तित्व जोगाउँदै चैनपुर हुलाकभञ्ज्याङका बालबालिकाहरु

Tuesday, July 10, 2012

नयाँ जनवादी क्रान्ति गर्छौं ः शाक्य

धादिङ असार २६ ।  मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य एवम् मध्यमाञ्चल व्यूरो ईञ्चार्ज हितमान शाक्यले आफूहरुले नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालयको आज धादिङबेसीमा उद्घाटन गर्दै शाक्यले नयाँ जनवादी क्रान्तिको लागि तयारी भैरहेको दावी गर्नुभयो । सर्वहारा वर्गको दायित्व र अभिभारा आफूहरुको काँधमा आएको भन्दै उहाँले त्यसलाई पूरा गरिछाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।  पार्टीका जिल्ला सह–ईञ्चार्ज हरि अधिकारी आशिषको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शाक्य सहित ताम्सालिङ राज्य समिति ईञ्चार्ज सूर्य सुवेदी ‘पथिक’, सचिव अनिलशर्मा विरही, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी लगायतको आतिथ्य रहेको थियो । एकीकृत नेकपा माओवादीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेपछि धादिङबेसी बीचबजारमा स्थापना गरेको पार्टी कार्यालयको आज औपचारिक उद्घाटन गरिएको हो । यसैबीच पार्टीका जिल्ला ईञ्चार्ज शेरबहादुर भण्डारी ‘ज्योति’को अध्यक्षतामा आजै आन्तरिक राजनैतिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको नवगठीत नेकपा माओवदीका जिल्ला सह–ईञ्चार्ज हरि अधिकारीले जानकारी दिनुभएको छ ।

Monday, July 9, 2012

fgfdgfdg

Meantime this is not available for downloading.So Put your email on comment box so that I can send template to your email when it will be ready for downloading.Thank you for your

Friday, June 29, 2012

सहकारीको प्रगति समिक्षा कार्यक्रम सम्पन्न

धादिङ, असार १५ गजुरी । डिभिजन सहकारी कार्यलय धादिङको आयोजनामा आदर्श बहुमुखी क्याम्पस गजुरीमा सहकारीको प्रगति समिक्षा कार्यक्रम हिजो सम्पन्न भएको छ । सहकारीको विभिन्न विषयबस्तुको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना  गरिएको कार्यक्रममा क्षेत्र न. ३ मा स्थापना भएका सहकारी संस्थाका अध्यक्ष र प्रवन्धक गरी ४६ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सहकारीका अध्यक्ष एवम् प्रवन्धकहरुलाई डिभिजन सहकारी कार्यलय धादिङका अधिकृत रुद्रप्रसाद पौड्याल, सहायक अधिकृत महेश्वर ढकाल, जिल्ला सहकारी संघका सचिव गंगादत्त तिमल्सिना र जिल्ला वचत संघका कोषाध्यक्ष शेषकान्त कंडेलले सहकारी संस्थाहरुको नीति–नियम, सहकारी दर्ता गर्दा ध्यानदिनु पर्ने कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सहभागिहरुले आ–आफ्नो सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सहकर्मी राजिप लामिछानेले जानकारी दिनुभएको छ ।

Wednesday, May 2, 2012

सहकारी पसल धमाधम बन्द

बैशाख १९ /  धनकुटाका विभिन्न गाविसमा दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले खोलिएका दर्जनौं सहकारी पसल बन्द हुन थालेका छन् । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ खोलिएका सहकारी पसल क्रमशः बन्द हुन थालेका हुन् ।
दुई वर्षअघि सरकारले सहकारी विभागमार्फत डिभिजन सहकारी कार्यालय धनकुटाबाट ३६ वटा उपभोक्ता सहकारी संस्थालाई १ लाख रुपैयाँको दरले ३६ लाख रुपैयाँ अनुदान दिएको थियो । एक वर्षअघि ३५ वटा गाविस र एक नगरपालिकामा गरी ३६ वटा उपभोक्ता सहकारी पसल सरकारको अनुदान सहयोगमा सञ्चालनमा आएका थिए ।
तर, अहिले सञ्चालकको बेवास्ता र आफ्नो लगानीको महसुस नभएका कारण सरकारको अनुदानमा खोलिएका सहकारी पसल बन्द हुँदै गएको सहकारी डिभिजन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए । सरकारी अनुदानमा सुपथ मूल्यमा बिक्री–वितरण गर्ने गरी खोलिएका सहकारी पसलमध्ये कुरुलेतेनुपा, घोर्लिखर्क, चुङमाङ, राजारानी, मौनावुधुक, वोधे, डाँडाबजार, छिन्ताङलगायत गाविसका पसल पूर्णरूपमा बन्द भइसकेका छन् ।
सरकारले दिएको १ लाख रुपैयाँ अनुदान रहेसम्म सञ्चालन गर्ने र सो पैसा सकिएपछि सञ्चालकले ध्यान नदिने भएपछि बन्द हुने गरेको जिल्ला सहकारी संघका अध्यक्ष घनेन्द्रराज श्रेष्ठले बताए । अहिले जिल्लामा ६ वटा मात्र सहकारी पसल सञ्चालनमा छन् ।
सरकारद्वारा स्थानीयस्तरमा अनुगमन समिति गठन गरिएको भए पनि समितिले प्रभावकारी अनुगमन नगर्दा र सहकारी सञ्चालक जिम्मेवार नहुँदा सरकारको अनुदान रकम अहिले बालुवामा पानी हालेझैं भएको स्थानीयवासी बताउँछन् । डिभिजन सहकारी कार्यालय धनकुटामा दर्ता भएका ४२ उपभोक्ता सहकारीमध्ये ३६ वटाले सरकारी अनुदान रकम लिएको कार्यालयले जनाएको छ ।
सहकारी पसल बन्द हुँदै गएको जानकारी भएर पनि केही पनि गर्न नसकिने कार्यालय प्रमुख श्रेष्ठले बताए । सरकारले दीर्घकालीन र प्रभावकारी अनुगमनको योजनाबिना नै ल्याएका यस्ता कार्यक्रमले लक्षित वर्गलाई फाइदा पुग्नुभन्दा राज्यको ढुकुटी रित्याउने काममात्र भएको धेरैको बुझाइ छ ।
स्केच आउँछ । कारोवार दैनिकबाट साभार

छ सय ७९ पशुको बिमा

बैशाख १९ गते /
दक्षिण ललितपुरका करिब ४४० कृषकले ६७९ पशुको बिमा गरेका छन् । विशेष गरी दक्षिण ललितपुरका लागि भनेर लक्ष्य गरिएको सो बिमाले कृषकलाई निकै राहत पुगेको पशु सेवा विभागले जनाएको छ । यसका लागि कृषकले रु २२ लाख २५ हजार ५०० प्रिमियम तिरिसकेका छन् ।
यसैगरी विभागले ४४ लाख ५१ हजारको पशुबिमा कोष खडा गरेको विभागका प्रमुख डा मुगलप्रसाद साहले बताउनुभयो । उपहार कृषि सहकारी संस्था दल्चोकी, नमन सहकारी चन्दनपुर, बाघभैरव बहुउद्देश्यीय सहकारी संस्था चौघरे, श्रमिकहित बचत तथा ऋण सहकारी संस्था इकुडोल, भट्टेडाँडा कृषि सहकारी संस्था लिमिटेड भट्टेडाँडा, नमुना पशु बिमा सहकारी संस्था लिमिटेड गोटीखेलको सहकार्यमा कृषकले पशु बिमा गरेका हुन् ललितपुर, साभार मिडिया मिसन  डटकम १७ वैशाख  मा प्रकाशित

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।